• २२ मंसिर २०८१, शनिबार

नगरप्रमुख राजन श्रेष्ठद्धारा गेर्खुखोलाको स्थलगत अनुगमन,बस्ती संरक्षणको प्रतिबद्धता

नुवाकोट : विदुर नगरपालिका वडा नं. १० स्थित ‘गेर्खु खोला वस्ती’ गेर्खु खोलाले हरेक वर्ष बितण्डा मच्चाउने गरेकोमा यो वर्ष त्यस्तो हुन नदिनको लागी पूर्वतयारी अपनाउन विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले स्थलगत अवलोकन गर्नुभएको छ ।

वडा नं. १० को ‘गेर्खु खोला वस्ती’मा पुगेर नगरप्रमुख राजन श्रेष्ठले खोला नियन्त्रणको लागी बागमति प्रदेस सरकार अन्तरगत जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालयबाट यसअघि भएको कामको अवलोकन गर्दै अब तत्कालै गर्नुपर्ने तथा अपनाउनुपर्ने कामको बारेमा चासो दिनुभएको हो ।

गेर्खुटारबाट डाँडागाँउहुदै चोकदे निस्कने सडक निर्माणको क्रममा जथाभावी फालिएको माटोले पछिल्लो पाच वर्षमा निकै दुःख पाएका गेर्खु खोला वस्ती’का नागरिकलाई सुरक्षित बनाउन विदुर नगरपालिको प्रमुख राजन श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो ।

No description available.
उक्त वस्तीमा अघिल्ला वर्षहरुमा गेर्खु खोला पसेर त्यहाँ रहेका ढेड दर्जन परिवारलाई पीडित बनाउदै्र आएकोमा यो वर्ष त्यस्तो हुन नदिनका लागी आवश्यक पूर्व तयारी अपनाउन नगर प्रमुख राजन श्रेष्ठको निर्देशनमा उक्त स्थानमा एकथान जेसिभी उपलब्ध गराइएको छ ।

No description available.
भलबाढी तथा खोला अनियन्त्रित भएर वस्तीमा पस्न सक्ने भएकाले त्यसलाई साविककै स्थानबाट बग्ने बनाउन एक थान जेसिबी उपलब्ध गराएको र विपद् आउनुपूर्व नै नगरप्रमुखले चासो देखाएसगैँ स्थानीयबासीले अब भने सुरक्षित हुन पाइने आशा लिएका छन् ।

No description available.
अघिल्ला वर्षहरुम विपद् भएपछि मात्र जनप्रतिधिको उपस्थिती हुने र विपद् रोक्न प्रभावकारी पहल नहुने गरेकोमा यो पटक हालै निर्वाचित नगरप्रमुख राजन श्रेष्ठले सोही वडाका वडाध्यक्ष गणेशकुमार नेपाललाई समेत साथ लिएर स्थलगत अवलोकन गर्दै उक्त स्थानका बासिन्दाहरुको गुनासो संकलन सहित राय लिएर प्राविधिक मार्फत आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाउनुभएको हो ।

गेर्खु खोला वस्तीमा बर्खायाम सुरु भएसर्गै पटक–पटक आएको भलबाढीले अघिल्ला वर्षहरुमा क्षति पुराउने जानकारी पाएकाले यो वर्ष उक्त स्थानको लागी जेसिभी तयारी अबस्थामा राखिएको विदुर नगरपालिकाले जनाएको छ ।

No description available.
‘गेर्खु खोला वस्ती’मा बस्ती माथीबाट आउनेसक्ने पहिरोको जोखिम, खोलाले परिवर्तन गरेको बहाब रोकेर बगरमा परिणत भएको खेतीयोग्य भूमिलाई पहिलेकै अबस्थामा फर्काउन र खोला नियन्त्रणको लागी दायाँबाया मेसिनरी पर्खाल लगाएर खोला नियन्त्रणको लागी जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय नुवाकोट मार्फत अघि बढाएको काम अझै पूरा हुन बाँकी रहेकाले त्यसको सम्बोधन गर्न स्थानीयबासीले नगरप्रमुख राज श्रेष्ठ समक्ष माग राखेका छन् ।

No description available.
No description available.
No description available.
No description available.
No description available.




प्रतिक्रिया दिनुहोस्