• २३ पुष २०८१, मंगलवार

तारकेश्वर गाउँपालिकाको दानिसिंङमा सुविधा सम्पन्न अस्पताल बन्ने

नुवाकोट: नुवाकोटको तारकेश्वर गाउँपालिकाको दानिसिंङमा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ ।

गाउँपालिकाको दानसिंङमा ११ करोडको लागतमा सुबिधासम्पन्न अस्पतालको शिलान्यास गरिएको हो ।

शनिवार गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले वडा नं १ मा बन्ने १० शैयाको दानसिंङ अस्पतालको शिलान्यास गरेका हुन् ।

११ करोड रुपैयाँको लागत अनुमान गरिएको उक्त अस्पताल निर्माणको काम आजैदेखि सुरु भएको छ । स्वास्थ्यकर्मीसहित २२ जना कर्मचारी रहने यो अस्पताल तारकेश्वरकै ठूलो र सुविधासम्पन्न अस्पताल हुने बताइएको छ ।

गाउँपालिकाबासीलाई सुविधासम्पन्न स्वास्थ्य सेवा पु¥याउने उद्धेश्यले आजैदेखि निर्माण कार्यको थालनी गरेको अध्यक्ष अधिकारीले बताए ।

उनले तल्लो भेगका नागरिकहरुको सहजतालाई मध्यनजर गर्दै छिटै अर्को अस्पताल निर्माणको काम सुरु गर्ने समेत जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्