नुवाकोट : नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा रक्तदान कार्यक्रम संम्पन्न भएको छ ।
पिपलटार फुटवल क्लब र फुटसलको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी नुवाकोटको प्राविधिक सहयोग र ब्लड रिक्वेष्ट नुवाकोटको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा २६ जनाले रक्तदान गरेको पिपलटार फुटवल क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए । उनले रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै यस्ता रचनात्मक कार्यहरू क्लबले निरन्तर गरिरहने बताए ।
विभिन्न काराणवस हाल देखिएको रगतको आवश्यकतालाई केही हदसम्म सहजता ल्याउने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको पनेरुले जानकारी दिए ।
रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न यस्ता रक्तदान कार्यक्रमले ठूलो टेवा पुग्ने ब्लड रिक्वेष्ट नुवाकोटका संयोजक मछिन्द्र नरसिंह प्याकुरेलले बताए ।