• २ फाल्गुन २०८१, शुक्रबार

गल्छी त्रिशुली मैलुङ सडक आयोजना अन्तर्गत विदुर खण्डको नाली निर्माण गर्न नगरपालिकाको अनुरोध

नुवाकोट : नुवाकोटको विदुर नगरपालिकाले गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजना अन्तर्गत विदुर नगरपालिकाको वडा नम्बर ४ लोकतान्त्रिक चौतारा देखि डिभिजन वन कार्यालयको सडक खण्डमा नाली निर्माण गर्न नगरपालिकाले आयोजनालाई अनुरोध गरेको छ ।

उक्त सडकखण्डमा नाली नहुँदा वर्षातको समयमा विभिन्न ठाउँबाट जम्मा भएको पानीले सडकको दायाँबायाँ कटान गरि यातायात सञ्चालनमा बाधा पर्न गएकोले साथै १२० मिटर नाली निर्माण गर्न समेत नगरपालिकाले आयोजनालाई अनुरोध गरेको नगरप्रमुख राजन श्रेष्ठले बागमती प्रेसलाई जानकारी दिए ।

Open photo
No description available.




प्रतिक्रिया दिनुहोस्