सिन्धुली : बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी किरण बज्राचार्यले समयको परिवर्तनसंगै आम नागरीकमा प्रहरी प्रतिको अपेक्षामा समेत वृद्धि भईरहेकाले प्रहरी संगठनले अंगिकार गरेका नीति नियम तथा कार्य-योजनाहरुको पूर्ण रुपमा कार्यान्वयन गर्दै आम नागरिकलाई केन्द्रविन्दुमा राखेर नतीजामुखी प्रहरी सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनु भएको छ ।
बागमती प्रदेश मातहतका प्रहरी कार्यालयहरुको निरिक्षण एवं अवलोकनका क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुली पुगि प्रहरी कर्मचारिहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । साथै व्यवसायिक कार्यदक्षताले भरिपुर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरी संगठनले अंगिकार गरेका उदेश्यहरु पुरा हुने बताउदै हरेक प्रहरी कर्मचारीहरु दिन प्रतिदिन आफुलाई परिष्कृत गर्दै आचरणयुक्त प्रहरी कर्मचारिका रुपमा आफुलाई स्थापित गर्दै लैजानुको विकल्प नरहेको समेत बताउनु भयो ।
सोहि अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रमुख प्रहरी उपरीक्षक बिमल कडेलले डिआईजी किरण बज्राचार्यलाई समग्र सिन्धुली जिल्ला अन्तर्गतको शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन एवं जनशक्ति व्यवस्थापन , अपराध अनुसन्धान लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।