• ९ माघ २०८१, बुधबार

तारकेश्वरको दुई स्थानमा कर संकलन बिट स्थापना

नुवाकोट : तारकेश्वर गाउँपालिकाको विभिन्न दुई स्थानमा कर संकलन बिट स्थापना गरिएको छ । बुधसिंहघाट र ढाेडबेसिमा आज कर संकलन बिट स्थापना गरिएको हो ।

यी दुईवटै बिटको उद्घाटन गाउँपालिका अध्यक्ष शिव अधिकारीले गर्नुभयो । माझीगाउँमा पनि छिट्टै बिट स्थापना गरिने उहाँले जानकारी दिनुभयो । यसअघि बिना बुथ संकलन गरिदै आएकोमा गाउँपालिकाले त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बिट स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँको विकास निर्माणका लागि स्थानीय स्रोतसाधनको उपयोग गर्ने नीति अनुरुप यो कामलाई थप व्यवस्थित गरिएको हो ।

No description available.




प्रतिक्रिया दिनुहोस्