काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आरक्षण सीट लागू नगर्ने १९ वटा सार्वजनिक बसलाई कारबाही गरेको छ। उपत्यकाका विभिन्न ठाउँमा गरेको विशेष अभियानअन्तर्गत ट्राफिक प्रहरीले अनुगमन गर्दा सादा पोशाकमा खटिएका प्रहरीले आरक्षण सीट लागू नगरेको फेला पारेको थियो।
उपत्यकाबाहिर चल्ने ४ वटा बस, उपत्यकामा चल्ने १४ वटा बस र १ वटा माइक्रो बसलाई नियम बमोजिम कारबाही गरेको प्रहरीले जनाएको छ।
उक्त चेकजाँच अभियान निरन्तर सञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।