• ४ चैत्र २०८१, मंगलवार

नेपाल लाईफ इन्स्योरेन्सको उत्कृष्ट शाखाको उपाधि धादिङलाई, अझै शसक्त रुपमा बीमा व्यवसायमा लाग्ने प्रमुख न्यौपानेको प्रतिबद्धता

धादिङ : नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे धादिङ शाखाले आर्थिक वर्ष २०७८/०७९ काे रिजन थ्रीए (Region 3A) अन्तरगतका शाखाहरुमध्ये उत्कृष्ट व्यवसाय गरि Best Branch of The Year काे उपाधि प्राप्त गर्न सफल भएको छ।

May be an image of 11 people, people standing and indoor

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहा चितवनमा सम्पन्न गरेको थियो। उक्त तालिम साउन १३ गतेदेखि १५ गतेसम्म सम्पन्न भएको हो। “अ बाउन्स ब्याक एयर ०७९/०८०”नाराका साथ सम्मेलनको आयोजना गरिएको थियो।

May be an image of text that says "NEPALLIFE NEPALLİFE INSURANCE ca LTD. किनकि जीपन अमल्य છ... Best Branch of The Year Region- R3A In recognition of Outstanding Performance in F.Y. 78-79 Awarded to DHADING BRANCH Dhading, Nepal at Business Excellence Conference "A BOUNCE BACK YEAR 79-80" SAURAHA, CHITWAN Date: 15"Shrawan, 79 Mr. Pravin Raman Parajuli CEO"

उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो। संचालक बिमल प्रसाद ढकालले सम्मेलनको समुद्घाटन गर्दै कर्मचारीहरुले आम नागरिकहरुको आशा र विश्वास जितेर काम गर्न सुझाव दिएका थिए।

May be an image of 1 person and standing

उक्त कार्यक्रममा सम्मानित हुदै धादिङ शाखाका प्रमुख बिकाश न्याैपानेले आगामी दिनमा अझै शसक्त रुपमा बीमा व्यबसायमा लाग्ने प्रतिबद्धता जनाउनु भएकाे छ।

May be an image of 13 people, people standing and indoor

उहाँले यस उपलब्धि हासिल गर्न सघाउने सम्पूर्ण एएमहरु, विसिहरुका साथै अभिकर्ता र बिमित तथा उक्त शाखाका कर्मचारीमा पनि विशेष धन्यवाद व्यक्त गर्नु भएकाे छ।

May be an image of 12 people, people standing and indoor




प्रतिक्रिया दिनुहोस्