नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा विनोद कुमार खनालले कार्यभार समालेका छन् ।
उनले बुधवारबाट कार्यभार समालेका हुन् । उनलाई नगर प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी सबै वडाका वडाध्यक्षहरुले स्वागत गरेका थिए ।
यसअघि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रहेका मोहन मारासिनी पाल्पाको देवचुली नगरपालिकामा सरुवा भएका थिए ।