• ९ माघ २०८१, बुधबार

सामाजिक कार्यमा सक्रृय समृद्ध नुवाकोटद्वारा सिलट्याङ्कि सरसफाइ

नुवाकोट : समृद्ध नुवाकोटद्वारा सरसफाइ केही समय अगि देखि सामाजिक संजालमा भाइरल हुँदै आएको समृद्ध नुवाकोट नामक फेसबुक पेजले आज नुवाकोट सिल्ट्यान्कीमा सरसफाइ कार्यक्रम गरेको छ।

२०७५ मङ्सिर १६ देखि क्रीयाशिल हुँदै आइएको समृद्ध नुवाकोटले हालसम्म विभिन्न सामाजिक कार्यहरु गर्दै आइएको छ।

प्रत्येक सनिबार मानिसहरु ले घुम्न जाने र वनभोज बाट निस्केको फोहोर जथाभाबी फाल्ने हुदाँ मनिसहरु मा जनचेतना फैलाउने हिसाबले समृद्ध नुवाकोट ले सरसफाइ कार्यक्रम आयोजना गरेको हो। सरसफाइ, जनचेतना कार्यक्रम, अनाथ,गरिब तथा जेहन्दार विद्यार्थीहरु लाई शैक्षिक सामाग्री बितरण, रक्तदान कर्यक्रम, मेला हरुमा शुद्ध खाने पानी बितरण जस्ता सामजिक कार्यक्रम हरुमा समृद्ध नुवाकोट लागि पर्दै आइरहेको छ।

अब आउने दिनहरू मा पनि यस्तै थुप्रै सामाजिक कार्यहरु गर्दै जाने समृद्ध नुवाकोट का अभियान्ताहरुले बताए। सम्बन्धित निकाय  एबम सहयोगी हातहरुबाट सहयोग प्राप्त भएमा अझ यस्ता धेरै सामाजिक कामहरु गर्ने लक्ष्य रहेको पनि समृद्ध नुवाकोट का अभियानता हरुले बताए।

Inside News 1
Inside News 2




प्रतिक्रिया दिनुहोस्