• २४ मंसिर २०८१, सोमबार

‘नुवाकोट क्षेत्र नम्बर २ बाट चुनाव लड्छु’ : कांग्रेस नेता अर्जुननरसिंह केसी

नुवाकोट : नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि अर्जुननरसिंह केसीले नुवाकोट क्षेत्र नम्बर २ बाट नै चुनाव लड्ने बताएका छन् ।

शनिवार प्रजातान्त्रिक विचार समाज नुवाकोटको पाँचौ जिल्ला अधिवेशनमा संबोधन गर्दे केसीले जिल्लाका अरु नेताले पनि हिम्मत गरे आफू पनि देशको तराईदेखि काठमाण्डौसम्म जुनसुकै क्षेत्रबाट पनि निर्वाचन लड्न तयार रहेको बताए ।

उनले अन्य अवस्था सिर्जना भए नुवाकोट क्षेत्र नम्बर २ नै आफ्नो क्षेत्र रहेको संकेत गरे ।

उनले केन्द्रीयस्तरका नेताहरुले जिल्लाको कुनै क्षेत्रमा दावी प्रस्तुत गर्नुु स्वाभाविक नभएपनि उक्त कुरा आफ्नो हकमा मात्र लागु नहुने बताए ।

उनले सबैको सामुहिक छलफलबाट उम्मेद्धवार छान्नुपर्ने भन्दै पेलेर गए आफलाई सह्य नहुने समेत बताए । केसीले पार्टी हितलाई नसोचेर ब्यक्तिबादी प्रबृत्तीलाई बढावा दिईए त्यो आफ्ना लागि सह्य नहुने चेतावनी समेत दिए ।

उनले निहुँ खोजेर कोही नुवाकोट आए भने आफूभन्दा ठूलो समस्या नुवाकोटमा कोही नभएको समेत बताए ।

केसीले सबैको सह–अस्तित्व बचाएर अघि बढ्नुपर्ने बताए । जे जे परोस परोस सबै चिज छाड्न तयार रहेको भन्दै उनले आत्मसम्र्पण गर्न नसक्ने बताए ।





प्रतिक्रिया दिनुहोस्