• २७ माघ २०८१, आईतवार

नुवाकोटमा सञ्चालित बस समितिद्वारा यात्रु ठग्दै भाडा अशुल्दै

नुवाकोट: नुवाकोटमा सञ्चालित बस समितिहरुले यात्रु ठग्ने गरेको पाईएको छ ।

त्रिशुली देखि काठमाडौं सम्म चल्ने यात्रु बाहक बसमा एसिको सुबिधा पाइन्छ भने पनि एसिको सुविधा नदिएको यात्रुहरुको गुनासो रहेको छ ।

त्रिशुली देखि काठमाडौं सम्मको यात्रामा बसले एसि गाडीको भाडा लिए पनि एसि नचलाई भाडा असुल्ने गरेको पाइएको छ ।

एसि बसमा यात्रा गरेबापत एक जना बराबर ३८५ रुपैयाँ असुल्ने गरेको छ । एसि भएको बसको नाम दिए पनि बसमा एसि नै जडान नभएको जडान भएकोहरुमा पनि मर्मत नगरेको र कतिपयले एसि भएपनी नचलाउने गरेको पाइएको छ ।

No description available.

एसि भएको बसको भन्दै समितीले यात्रुसँग चर्को मूल्य असुल्दै आएको तर बसमा एसिको सुबिधा नभएको काठमाडौंसम्म यात्रा गरेको अधिकांश यात्रुले गुनासो गरेका छन् ।

यसरी यात्रु ठगिँदा समेत नियमक निकाय बेखबर जस्तै बनेको छ ।

जिल्ला ट्राफिक कार्यालय नुवाकोटले भाडा बढी अशुल्ने सवारीसाधन समेत कुनै किसिमको कार्वाही गरेको देखिँदैन् ।

No description available.




प्रतिक्रिया दिनुहोस्