• २२ मंसिर २०८१, शनिबार

आयोजनाको कारण बन्चरेडाँडा जाने सडक रोकिएको छैन : आयोजना प्रमुख

काठमाडौं: सहरी विकास मन्त्रालय अन्तर्गत रहेको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल आयोजनाका प्रमुख रवीन्द्र बोहोराले आफूहरूको कारण बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक अवरुद्ध नभएको बताएका छन् ।

उनले कठिन मानिएको सिसडोलमा एकतर्फी रूपमा फोहोर बोकेर गाडी जान सक्ने गरी व्यवस्था मिलाइएको बताए । २०७६ सालदेखि बन्चरेडाडाँमा ल्यान्डफिल साइट र कोल्पुखोला जलाधार क्षेत्रमा पूर्वाधारको निर्माणको काम गर्दै आएको बताउँदै उनले हाल तीनपिप्लेदेखि बन्चरेडाडाँसम्म सडक यातायातमा बाधा नपर्ने  गरी काम भइरहेको बताए ।  

यसअघि आयोजनाले बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक एक साता बन्द गरेर फोहोरको डंगुर रहेको सिसडोल खण्डमा सडक स्तरोन्तीको काम सम्पन्न गरेको थियो । सिसडोल खण्डमा हाल ग्याबिङ भरेर गाडी नफस्ने व्यवस्था मिलाइएको छ । 

आयोजनाले तीनपिप्ले हुँदै बन्चरेडाँडा ल्याण्डफिल साइटसम्म जाने करिब साढे १२ किलोमिटर सडकको स्तरउन्नतीको काम अघि बढाएको छ । 





प्रतिक्रिया दिनुहोस्