• २६ माघ २०७९, बिहीबार

फोनिज नुवाकोटको २३ औं स्थापना दिवसको अवसरमा सरसफाई र रक्तदान कार्यक्रम सम्पन्न

नुवाकोट: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको २३औं स्थापना दिवसको अवसरमा मंगलबार विहान रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै फोजिन नुवाकोटले स्थापना दिवसको अवसर पारेर सोमबार नुवाकोटको सदरमुकाम विदुरमा सरसफाई कार्यक्रम समेत आयोजना गरेको थियो ।

नेपाल जनजाति पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी नुवाकोटको प्राविधिक सहयोगमा सञ्चालित मंगलबारको रक्तदान कार्यक्रममा व्लड अन रिक्वेस्ट ईन नुवाकोटले समन्वय गरेको थियो ।

फोजिन नुवाकोटले आयोजना गरेको रक्तदान गरेको रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ वागमती प्रदेश अध्यक्ष शिव देवकोटा, नेपाल पत्रकार महासंघ नुवाकोट अध्यक्ष कपिलदेव खनाल, फोजिन नुवाकोट अध्यक्ष शक्ति माया तामाङ, आदिवासी जनजाति महासंघ नुवाकोट अध्यक्ष भवन राना मगर लगायतको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्