• २ फाल्गुन २०८१, शुक्रबार

बन्चरेडाँडामा फोहोरका गाडी तोडफोड

काठमाडौं: काठमाडौंको फोहोर बोकेका गाडी बन्चरेडाँडामा अज्ञात समूहले तोडफोड गरेको छ । स्यानिटरी ल्यान्डफिल साइटमा रोकिएका गाडी र सडक मर्मतका लागि लगिएका डोजर तोडफोड गरिएको हो ।

ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार तीन डोजर र १५ गाडी तोडफोड गरिएको छ । “घटना गए रातिको हो । गाडी र डोजरका सिसा पूर्ण रूपमा तोडफोड गरिएको अवस्था छ,” उनले बाह्रखरीसित भने ।

आफ्ना माग पूरा नभएको भन्दै लामो समयदेखि उपत्यकाको फोहोर विसर्जनकार्यमा नुवाकोटको सिसडोल र धादिङको बन्चरेडाँडाका स्थानीयले अवरोध गर्दै आएका छन् ।

297399214_622690642498890_7448996048986234994_n1660029017.jpg
297979866_1273927756478000_7970752453793726730_n1660029016.jpg
298113764_418239533463552_1439095363352469160_n1660029013.jpg
297569070_4973662059405463_5539295166003593232_n1660029013.jpg

यो समाचार बाह्रखरीमा प्रकाशित रहेको छ ।





प्रतिक्रिया दिनुहोस्