नुवाकोटको बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बिनपा १० मा रहेको गेर्खुखोलाको बाढीका पु¥याएको क्षेतिको निरिक्षण गनुभएको छ । मेयर श्रेष्ठले बाढी प्रभावित क्षेत्रका मानिसहरुको उपस्थितीमा बाढीका कारण अन्य थप क्षती हुनबाट जोगाउन पहल गर्न निर्देशन दिनुभएको छ । केहि दिन अघिको अविरल बर्षातका कारण गेर्खुखोलमा आएको बाढी अनियन्त्रित भई स्थानियको घर र खेतियोग्ग जमिनमा पसेपछी स्थानिय क्रसित भएका छन । निरिक्षणमा बिदुरका मेयर राजन श्रेष्ठ,उपमेयर प्रभा बोगटी,वडा अध्यक्ष गणेश नेपाल लगायतले निरिक्षण गर्नुभएको थियो । बाढी पहिरो प्रभाबित क्षेत्रमा बिदुर नगरपालिकाको मेसिहरुको प्रयोग गरी हटाउने कार्य भैरहेको छ । यस्तै बुधवार नै मेयर श्रेष्ठले बिदुर नगरपालिका वडा नं ५ मा रहेको देबिघाट जालपा मन्दिर क्षेत्रको समेत अनुगमन गर्नुभएको छ । तादी खोलाको बहाव बढेपछी खोला मन्दिर परिषरमा छिरेर भत्किएपछी मेयर श्रेष्ठले पुन निमार्णको लागी निर्देशन गर्नुभएको छ ।