• ९ माघ २०८१, बुधबार

नुवाकोटमा गयको ठुलो बर्षाले बाढीपहिरोबाट व्यापक क्षति, क्षतिपूर्ति दिन सम्वधित निकायको ध्याना आक्रषण साथै स्थलगत अनुगमन गर्दै नेता :केसि

नुवाकोट – नेपाली कांग्रेसका युवा नेता तथा नुवाकोट जिल्ला पु्र्व सभापति जगद्विश्वर नरसिंह केसि ले गएराती परेको अविरल बर्षाको कारणले आएको बाढी र पहिरोबाट नुवाकोट जिल्लाको क्षेत्र नं १ का विभिन्न स्थानमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
उनले भने, ‘गएरातिको अविरल बर्षाले नुवाकोटको तादी खोलामा आएको बाढीबाट जिल्लाको क्षेत्र न १ को दुप्चेश्वर ३ राउतबेसी , तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्कि पुल ,पञ्चकन्या २ आप्र र तादी ५ बाहुनबेसी जोड्ने पक्कि पुल र पञ्चकन्या १ को सिमारा फाट र लिखु ३ सूर्यमती र १ ढिकुरे जोड्ने पक्कि पुलहरुमा व्यापक क्षति पुगेको छ । हामि यस प्राकृतिक प्रकोपबाट पुगेको क्षति प्रति दुःख व्यक्त गर्दछु ।’

कांग्रेस नेता केसिले बाढी र पहिरोका कारण नुवाकोटका आधादर्जन बढी पक्की पुल र धानखेतीमा क्षति पुगेको र पशु चौपाया समेत बगाएको उल्लेख गर्दै उद्दारकार्यमा जुट्न सबैमा आग्रह गरेका छन् ।
नेता केसि ले फिल्डगत अनुगमन गर्दै भन्नु भयाे , ‘जोखिमयुक्त क्षेत्रमा रहनुभएका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई उच्च सतर्कता अपनाउनु हुन पनि अनुरोध गर्दछु ।’
उनले प्राकृतिक विपद्को यस घडीमा मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्वार र राहतकार्यमा सरिक हुन सम्बन्धित सबैमा अनुरोध गर्दै तत्काल क्षतिको यथार्थ आंकलन गरी यथाशीघ्र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।
कांग्रेस नेता केसि ले नेपाल सरकारका विभिन्न निकायलाई बाढी पहिरोले पुर्याएको सडक, पुल, खानेपानी आयोजना,सिंचाई आयोजना लगायतका संरचनाहरुको अनुगमन मूल्यांकन गरेर यथाशिघ्र मर्मत, संभार र पुनर्निमाण गरी जनजीवन सामान्य अवस्थामा ल्याउन विशेष ध्यान दिन समेत आग्रह गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्