नुवाकोट: जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण तथा आँखा जाँच गरेको छ।
चालकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै मिति शनिबार विहान ०८:३० बजे देखि १०:३० बजे सम्म पुजा चस्मा पसल र सापकोटा मेडिकल पसलको प्राविधिक सहयोगमा वि.न.पा.२ जिल्ला ट्राफिक प्रहरी कार्यालय विदुर नुवाकोटको कार्यालय अगाडी १५० साना तथा ठुला सवारी साधनका चालकहरुको स्वास्थ्य परीक्षण तथा आँखाको जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ।
यसरी चालक र सहचालकको स्वास्थ्य र आँखा परीक्षण गर्दा सम्भावित दुर्घटनामा कमी आउने देखिएको छ।