• ८ बैशाख २०८३, मंगलवार

रसुवा प्रहरीद्वारा गोसाइँकुण्ड पुगेर फर्कने क्रममा बिरामी परेकाको उद्धार

रसुवा: गोसाइँकुण्ड पुगेर फर्कने क्रममा बिरामी परेका एक जनाको उद्धार गरिएको छ। जनैपूर्णिमा मेला भर्नका लागि गोसाइँकुण्ड पुगेकी नुवाकोटको ककनी गाउँपालिका-८ की ५० वर्षीया नारायणी भण्डारीको उद्धार गरिएको हो।                       

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार शुक्रबार गोसाइँकुण्डबाट फर्किएकी उनी बुद्दमन्दिरमा आइपुग्दा बिरामी परेकी थिइन्।

उनलाई टाउको दुख्ने, जिउ दुख्ने, रिगँटा भएपछि प्रहरी टोलीले पिठ्युमा बोकी लौरी बिनायकसम्म ल्याएको थियो। उक्त स्थानमा रहेको स्वास्थ्य शिविरमा सामान्य उपचारपश्चात् धुन्चे ल्याइएको प्रहरीले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्