नुवाकोट: राष्ट्रिय युवा संघ, नेपाल जिल्ला कमिटी नुवाकोटले ७५ सदस्यीय अधिवेशन आयोजक कमिटी निर्माण गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नुवाकोटले प्रज्वल सापकोटाको संयोजकत्वमा ७५ सदस्यी अधिवेशन आयोजक कमिटी गठन गरेको हो ।
अधिवेशन आयोजक कमिटी गठन कार्यक्रम नेकपा एमाले केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज विन्दा ढुङ्गानाको प्रमुख अतिथ्यता तथा पुर्व कृषि राज्य मन्त्री बाग्मति प्रदेश सांसद नेकपा एमाले नुवाकोट जिल्ला कमिटि अध्यक्ष बद्री मैनालीको विशेष अतिथ्यता र बाग्मति प्रदेश युवा फाँट इन्चार्ज नारायण बस्नेत , जिल्ला पार्टी कमिटीका पदाधिकारीहरु, युवा संघ बाग्मति प्रदेश कमिटि संयोजक जय गुरुङ लगायतले आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रमको अध्यक्षता प्रजवल सापकोटा र कार्यक्रम सञ्चालन सुरेश भण्डारीले गरेका थिए ।