नुवाकोट । नुवाकोटको पुर्वी भेगमा रहेको आँपबोटबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका ४ बानियागाउँबाट ४० वर्षीय सन्तबहादुर गुरुङ पक्राउ परेका हुन् ।
बाटोमा भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरी चौकी झिल्टुङको प्रहरी टोली गस्ती गर्दै गाउँ जाने क्रममा उनलाई नियन्त्रणमा लिई नुवाकोट अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भई रहेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।