नुवाकोट: बागमती प्रदेशकी उपसभामुख राधिका तामाङले पुरानै क्षेत्रबाट निर्वाचन लड्ने भएकी छिन । बि.स.२०७४ सालको निर्वाचनमा एमाले-माओवादी गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र १ अन्तर्ग प्रदेशसभा क बाट उनले चुनाव जितेकी थिइन् । पुर्व कृषि राज्यमन्त्री समेत रहेकी तामाङले अहिले पाँच दलीय गठबन्धन भएपनि नुवाकोटको क्षेत्र १ को प्रदेशसभा क माओवादीको बलियो किल्ला भएकाले यो ठाउमा माओवादी कै उमेद्द्वार हुने बताउछिन् ।
उनि पहिले यहि क्षेत्रबाट निर्वाचित समेत भएकाले अहिले पनि उनको दावी हुनुलाई स्वाभाविक मान्न सकिन्छ । सरकारले आगामी मङ्सिर ४ मा चुनावको मिति घोषणा गरेपछि नुवाकोटमा गठबन्धन दलबीच कसले टिकट पाउने भन्ने होडबाजी सुरु भएको छ । दुईवटा निर्वाचन क्षेत्र भएको जिल्लामा यस अघि एमाले-माओवादी गठबन्धनले जितेको थियो । अहिले ठिक त्यसको बिपरित काँग्रेस-माओवादी गठबन्धन भएपछी काँग्रेस र माओवादी दुबैले टिकटमा आ-आफ्नो दावी गरिरहेका छन् । नुवाकोटमा गठबन्धन हुँदा कांग्रेस र माओवादीले केन्द्रमा एक-एक र क्षेत्रमा पनि एक-एक पाउनेछन ।
अहिले नुवाकोटमा कसले टिकट पाउँला र कसले जित्ला आ-आफ्नै तर्कसहित चर्चा सुरु भएको देखिन्छ । नुवाकोटको क्षेत्र नम्बर १ प्रदेश क मा माओवादी बलियो छ । हालै भएको स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा पर्ने ३ पालिका र पन्चकन्या गाउँपालिकाको २ वडा रहेका छन् । दुप्चेश्वर गाउँपालिकामा माओवादीले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडा अध्यक्ष जितेको छ । तादी र शिवपुरी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष जितेको छ । मतको आधारमा हेर्दा यो क्षेत्रमा माओवादी र कांग्रेसको अवस्था खासै धेरै मतान्तर पाउन सकिंदैन ।
गाउँपालिकाको पनि नतिजा समग्रमा उस्तै-उस्तै छ । अहिलेको निर्वाचनमा पाएको मत परिणामले माओवादी नुवाकोटमा २०६४ कै अवस्थामा फर्किएको पाउन सकिन्छ । २०७४ को नतिजामा कमजोर बनेको माओबादीले अहिले त्यो नतिजा उल्टाएर आफ्नो प्रभाव र उपस्थितिलाई बलियो बनाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा अपेक्षित नतिजा पाउन नसकेको नुवाकोटमा प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा बाम एकता हुँदा भने एक प्रतिनिधिसभा र दुइ प्रदेशसभामा बिजयी भएको थियो ।