• २ फाल्गुन २०८१, शुक्रबार

चेकजाँचको नाममा सिरहा ट्राफिकले असुली धन्दा चलाएको आरोप

सिराहा : सिराहामा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा अबैध रकम असुली गरिरहेको पाइएको छ । नरहा गा.पा. ३ नयाँ चौक चोहर्वा स्थित ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा रसिदनै नकाटी अबैध रकम असुल्ने गरेको पाइएको हो ।

ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा सर्वसाधारणलाई अनावश्यक दु:खदिने र हप्ता तथा महिनावारी तिर्ने ठूलो सवारी साधनसँग अबैध रकम असुल्ने गरेको चालक बुधराम महतोले आरोप लगाए ।

उनले भने, ‘ महिना नबित्दै ट्राफिकलाई रकम नदिए चेकजाँचको क्रममा सबै कागजपत्र हुँदा पनि दु;खदिने मनसायले गाडीलाइ घण्टौ सडकमा रोकिदिन्छन् ।’





प्रतिक्रिया दिनुहोस्