• ७ बैशाख २०८१, शुक्रबार

रसुवाका कवि सुबिन न्यौपानेको कवितासंग्रह ‘कमरेडको जनै’ विमोचन

काठमाडौं : शुक्रबार सुबिन न्यौपानेको कविता संग्रह ‘कमरेडको जनै’ विमोचन भएको छ । कविता विमोचन कार्यक्रममा प्रमुख अतिथी नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा , विशेष अतिथी कुशल समालोचक , सम्पादक तथा लेखक डा. बिन्दु शर्मा, सम्पादन, समालोचक तथा राजनितीज्ञ मानुषी यमि भट्टराई लगायतले पुस्तकको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा बोल्दै डा. बिन्दु शर्माले न्यौपानेको कमरेडको जनैमा भुतका पक्ष, वर्तमानका पक्ष तथा भाविष्यका पक्षलाई बुनेर उत्कृष्ट कबिता रचेको बताइन् ।

त्यस्तै मानुषि यामी भट्टराईले भनिन् – यो पुस्तकमा लेखकले शिर्षकमा टेकेर क्रान्तिकारी कविता लेखेका छन् । राजनितिको हिसाबले हेर्दा कविताले आफैँलाई प्रतिनिधित्व गरेको जस्तो लाग्यो र मैले यो स्विकार्नु पर्छ ।

Open photo

त्यस्तै कार्यक्रमका अर्का अतिथी लेखक तथा कवि श्रवण मुकारुङले आफु र लेखकसंगको भेटको रमाइलो किस्सा सुनाए साथै उनले भने –  “मैले पाण्डुलिपी पाउँदा पहिले कम्रेडको जनै पढेँ उत्कृष्ट लाग्यो र अरु कविता पनि पढेँ । म उनलाई रसुवाको उदाउँदो चेकोभारा भन्न चाहान्छु ।

यसै बिचमा बोल्दै प्रमुख अतिथी विश्वप्रकाश शर्माले भने- ” म यो पुस्तक बिमोचनमा आउनुको प्रमुख कारण पुस्तकको नाम हो । म पुस्तकको नाम सुन्नेबित्तिकै तानिएँ, । पहिलो प्रयासमै यति ब्याङ्यात्मक तथा ससक्त कविता लेख्नु भएको छ । तपाइँसंग प्रशस्त सम्भावना छ र भोलिका दिनमा उत्कृष्ट कवि भएर निस्किनुहुनेछ । यो भन्न मैले कन्जुस्याईँ गर्नु हुन्न ।”

No description available.

“काठमाडौंको फोहोर व्यवस्थापनका लागि तीन ठूला दलहरू मिलेर मेयर बालेनलाई साथ दिनुपर्छ । साथै बन्चरे बासी जनताको जायज मागलाई सम्बोधन गरि दीर्घकालीन फोहोरको व्यबस्था गरिनुपर्छ । त्यसमा हामी निरन्तर साथमा छौँ । फोहोरको ढङ्गुरमा उभिएर म सभ्यताको गित कसरी गाउँ ? भनेर पनि कविता लेख्नुस् ।”  शर्माले भने।





प्रतिक्रिया दिनुहोस्