• ६ चैत्र २०८१, बिहीबार

दुप्चेश्वरको बाढी पहिरो पिडितलाई अस्थायी आवासको लागी सामग्री बितरण

नुवाकोट: दुप्चेश्वर गाँउपालिकामा बाढी र पहिरोबाट घर जोखिममा परेकाहरुलाई अस्थायी आवासको लागी टेन्ट वितरण गरिएको छ । 

गत साउन २४ गते रातीको अबिरल बर्षासंगैको बाढि पहिरोले घरमा क्षति पु¥याएको २९ परिवारको लागी टेन्ट, त्रिपाल, कम्बल र हाईजिन किट एक÷एक थान बितरण गरिएको गाँउपालिकाका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिनुभएको छ । 

जिल्ला विपद व्यवस्थापन समिति मार्फत २९ थान टेन्ट र नेपाल रेडक्रस सोसाईटी नुवाकोट मार्फत २९ थान त्रिपाल, २९ थान कम्बल र २९ थान हाईजिन किट प्राप्त भएकाले घर उच्च जोखिममा परेका २९ परिवारलाई बितरण गरिएको अध्यक्ष थापाले बताउनुभएको छ । 

वडा अध्यक्षहरुबाट संकलन भएको वास्तविक २९ घरपरिवार पिडितहरुलाई सामग्री बितरण गरिएको गाँउपालिकाले जनाएको छ । वाढी र पहिरोबाट अन्य घरहरुपनि जोखिममा परेको जानकारी आएमा तत्काल अस्थायी बासको लागी व्यवस्थाको प्रबन्ध मिलाईएको गाँउपालिकाका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिनुभएको छ । 

सामग्री बितरण गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र बिक्रम सिंह ठकुरीले बाढी र पहिरोबाट पिडित भएकाहरुलाई तत्कालको लागी सुरक्षित स्थानमा बासस्थानको व्यवस्था मिलाउन टेन्ट, त्रिपाल र कम्बल बितरण गरिएको बताउनुभएको छ । 

उहाँले गत साउन २४ गतेको वाढी र पहिरोले अन्य परिवारपनि जोखिममा परेको वास्तविक तथ्याङ आएमा अस्थायी रुपमा तत्कालै सुरक्षित बासस्थानको लागी व्यवस्था गरिने भएकाले वडा अध्यक्षहरुलाई वास्तविक पडितहरुको पहिचान गर्नको लागी निर्देशन दिनुभएको छ । 

सामग्री बितरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जोखिममा परेका पिडितहरुले प्राप्त गरेको सामग्रीहरुको सहि सदुपयोग गरी सुरक्षित स्थानमा बासस्थानको व्यवस्था मिलाउनको लागी आग्रह गर्नुभएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बर्षातको समय अझै बाँकी रहेकाले सचेत भएर सुरक्षित स्थानमा बस्नको लागी सबै नागरिकहरुलाई आग्रह गर्नुभएको छ । बिपदको समयमा सरकारको मुख ताकेर नबसी सामाजिक कार्यमा सक्दो सहयोग गरी समाजमा एकअर्कालाई सहयोग गर्नको लागी उहाँले आग्रह गर्नुभएको छ । 

बाढी पहिरो, दुप्चेश्वर गाँउपालिका,

वर्षाले दुप्चेश्वर गाँउपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ मा ४० भन्दा बढी घरमा क्षति पु¥याउनुका साथै  र हजारौ रोपनी धानखेतमा क्षति पु¥याएको थियो । 

बुधबार क्षति पु¥याएको स्थानको संघिय साँसद हितबहादुर तामाङ र बागमती प्रदेशका उपसभामुख राधिका तामाङले निरिक्षण गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको थियो । 

बिषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि सहित बाढी पहिरोले पु¥याएको क्षतिको निरिक्षण गर्न पुगेका तामाङद्धयले समुन्द्रटारदेखी राउतबेशीको झघरेसम्म निरिक्षण गरी सम्बन्धित कार्यालय र गाँउपालिकालाई यथासक्य बास्तविक क्षति संकलन र उचित व्यवस्थापनको लागी निर्देशन दिनुभएको थियो । 

बाढी पहिरो, दुप्चेश्वर गाँउपालिका,

राहत सामग्री बितरणमा गाँउपालिकाका उपाध्यक्ष माकुरी तामाङ, वडा नम्बर १ का अध्यक्ष सिताराम तामाङ, वडा नम्बर २ का अध्यक्ष बिरवल तामाङ, वडा नमबर ३ का अध्यक्ष ज्ञानबहादुर तामाङ, वडा नम्बर ५ का अध्यक्ष प्रेमबहादुर तामाङ, वडा नम्बर ७ का अध्यक्ष बुद्धिमान तामाङ, खरानीटार प्रहरी चौकीका ईञ्चार्ज प्रहरी निरिक्षक योगेश खरेल, गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोदकुमार अधिकारलगायतको सहभागिता रहेको थियो ।  

बाढी पहिरो, दुप्चेश्वर गाँउपालिका,

यो समाचार नुवाकोट न्युजमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्