• १८ माघ २०७९, बुधबार

जिल्ला प्रहरी कार्यालय नुवाकोटको कार्यालय परिसरमा बृक्षारोपण

नुवाकोट: जिल्ला प्रहरी कार्यालय नुवाकोटको कार्यालय परिसरमा बृक्षारोपण गरिएको छ।

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको ३८ औं बार्षिकोत्सवको अवसरमा जिल्लाको बिदुर नगरपालिका वडा नं. १ स्थित रहेको बागबनी नर्सरीको सहयोगमा प्राप्त २५ वटा फलफुलका बोट बिरुवाहरु रोपिएको छ।

आइतबार बिहान १०:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित सि.प्र.अ.हरु लगायत कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थितीमा जिल्ला प्रहरी कार्यालयको कार्यालय परिसरमा बृक्षारोपण गरीएको हो।





प्रतिक्रिया दिनुहोस्