राष्ट्रिय युवा संघले विगत ९ दिनदेखि काठमाडौंका विभिन्न स्थानमा सरसफाई अभियान जारी राखेको छ।
उक्त अभियान अन्तर्गत संघले मंगलबार बबरमहल, अनामनगर, भाटभटेनी वरपर लगायत मदन भण्डारी कलेज छेउछाउका दोभानमा सरसफाई गरेको छ ।
अध्यक्ष किरण पौडेलको नेतृत्वमा सरसफाई अभियान सुरु गरेको संघले काठमाडौंका सडकपेटटी छेउछाउमा थुप्रिएका सबै फोहोर नउठेसम्म अभियान जारी राख्ने जनाएको छ । मंगलबार सरसफाईका क्रममा संघका अध्यक्ष पौडेलले सरसफाई कार्यक्रम विशुद्ध समाज सेवा भएको उल्लेख गदै कसैको आग्रह, पूर्वाग्रह, शर्त वा स्वार्थ भन्दा धेरै माथि उठेर सञ्चालन गरिरहेको बताए ।
अध्यक्ष पौडेलका अनुसार् संघले उठाएको फोहोर विगत ४ दिनयता देखि सिसडोलमै व्यवस्थापन भइरहेको छ ।