• २१ माघ २०७९, शनिबार

नुवाकोटमा गस्तीमा रहेका प्रहरीमाथी हातपात गर्ने मानिसहरु नियन्त्रणमा

नुवाकोट : गस्तीमा रहेका प्रहरीमाथी हातपात गर्ने मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मिति २०७९।०५।०६ गते रातको ११: १५ बजेको समयमा जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं.०९ स्थित सडक खण्डमा बस्ने वर्ष २१ को राम बहादुर तामाङ, वर्ष २१ को जेनिस भन्ने मान बहादुर तामाङ र वर्ष २० को सुबास तामाङ समेतका मानिसहरु मादक पदार्थ सेवन गरी हो हल्ला गरेको सुचना प्राप्त भए पश्चात प्रहरी टोली खटी गई निजहरुलाई सम्झाई बुझाई गर्दा प्रहरीहरुलाई बिभिन्न अपशब्द प्रयोग गरी गालि गलौज तथा हातपात समेत गरेको हुदा उनिहरुलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट अभद्र ब्यबहार मुद्दामा म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका सुचना अधिकारी प्र.ना.उ. रुपक खड्काले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्