• १ माघ २०८१, मंगलवार

७७ वटै जिल्लामा कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि, नुवाकोटमा मदनबहादुर अमात्य (सूचीसहित)

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ ।

कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । तर, मंगलबारसम्म कांग्रेसले सर्कुलर जारी गरेको छैन ।

पार्टी नेता एवं सांसद प्रदीप गिरीको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो । कांग्रेसले नुवाकोटमा मदनबहादुर अमात्य , जितजंग बस्नेतलाई काठमाडौं, अम्बिका बस्नेतलाई भक्तपुर, नानु बास्तोलालाई ललितपुर, शंकर भण्डारीलाई लमजुङ, देवेन्द्रराज कँडेललाई गुल्मी जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ ।

केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्यहरूले जिल्लाका वस्तुगत स्थिति र चुनावमा पार्टीको पोजिसनबारे पार्टीलाई रिपोर्टिङ गर्नुपर्ने छ ।

कसलाई कहाँ खटाइयो ?

ताप्लेजुङ्ग : आङ्गेलु शेर्पा

पाँचथर : प्रदीपकुमार सुनुवार

इलाम : महेन्द्रकुमारी लिम्बु

झापा : डिला संग्रौला

संखुवासभा : उमेशजंग रायमाझी

तेह्रथुम : लक्ष्मी परियार

भोजपुर : भीम पराजुली

धनकुटा : राजीव ढुंगाना

मोरङ : ज्ञानेन्द्रबहादुर कार्की

सुनसरी : अमृत अर्याल

सोलुखुम्बु : कल्पना चौधरी

खोटाङ : तारामान गुरुङ

ओखलढुंगा : लक्ष्मी खतिवडा

उदयपुर : बलबहादुर केसी

सप्तरी : आनन्दप्रसाद ढुंगाना

सिरहा : महेन्द्रकुमार राय

धनुषा : नगिना यादव

महोत्तरी : मञ्जु खाँण

सर्लाही : दिनेशकुमार यादव

रौतहट : अजयकुमार चौरासिया

बारा : रमेश रिजाल

पर्सा : पद्मनारायण चौधरी

दोलखा : शान्ति परियार

रामेछाप : हरिशरण नेपाली

सिन्धुली : दिलमान पाख्रिन

रसुवा : राजेन्द्र केसी

धादिङ : मदनकृष्ण श्रेष्ठ

नुवाकोट : मदनबहादुर अमात्य

सिन्धुपाल्चोक : बहादुरसिंह लामा

काभ्रे : रमा कोइराला

चितवन : श्यामकुमार घिमिरे

मकवानपुर : उमेश श्रेष्ठ

भक्तपुर : अम्बिका बस्नेत

ललितपुर : नानु बास्तोला

काठमाडौं : जीतजंग बस्नेत

गोरखा : ध्रुव वाग्ले

लम्जुङ : शंकर भण्डारी

तनहुँ : सुरेन्द्रराज पाण्डे

कास्की : प्रदीप पौडेल

मनाङ : गुरु बराल

मुस्ताङ : कृष्णचन्द्र नेपाली पोखरेल

पर्वत : चम्पादेवी खड्का

स्याङजा : चिनकाजी श्रेष्ठ

म्यादी : दिनेश कोइराला

बाग्लुङ : अब्दुल सतार

नवपुर : सरस्वती अर्याल

नवलपरासी : मानबहादुर नेपाली

रुपन्देही : योगेन्द्र चौधरी

कपिलवस्तु : चन्द्रबहादुर केसी

पाल्पा :अब्दुल रञ्जाक

अर्घाखाँची : गोविन्दराज पोखरेल

गुल्मी : देवेन्द्रराज कँडेल

रुकुम पुर्व : धना खतिवडा

रोल्पा : मैकुलाल बाल्मीकी

प्युठान : जावेदा खातुन जागा

दाङ : गोपाल दहित

बाँके : दिपक गिरी

बर्दिया : गेहेन्द्र गिरी

रुकुम पश्चिम : कृष्णकिशोर घिमिरे

सल्यान : सीता देवकोटा

जुम्ला : रंगमति शाही

मुगु : कान्तिका सेजुवाल

कालिकोट : जानकी सिंह

जाजरकोट : सिताकुमारी राना

दैलेख : राजीवविक्रम शाह

सुर्खेत : सञ्जयकुमार गौतम

बाजुरा : अर्जुनजंगबहादुर सिंह

बझाङ : गोविन्दबहादुर शाह

डोटी : नृपबहादुर वड

अछाम : रणबहादुर रावल

दार्चुला : यज्ञराज जोशी

बैतडी : रमेश लेखक

डडेलधुरा : ईश्वरी न्यौपाने

कञ्चनपुर : रामजनम चौधरी

कैलाली : एनपी साउद





प्रतिक्रिया दिनुहोस्