• २१ मंसिर २०८१, शुक्रबार

‘जनताको साथमा कांग्रेस’ अभियानको लागि सांसद बहादुरसिंह लामा केन्द्रीय प्रतिनिधिका रुपमा सिन्धुपाल्चोकमा

काठमाडौं : नेपाली कांग्रेसले सिन्धुपाल्चोक जिल्लामा केन्द्रीय सदस्य एवम् सांसद बहादुरसिंह लामालाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ ।

कांग्रेस मुख्यालयले ‘जनताको साथमा कांग्रेस’ अभियान सफल बनाउन नेता लामालाई विशेष जिम्मेवारीसहित सिन्धुुपाल्चोकमा खटाएको छ ।

सिन्धुपाल्चोक कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्ला पर्छ । लामालाई कांग्रेसले विशेष महत्व र जिम्मेवारी दिएर केन्द्रीय प्रतिनिधि बनाएर पठाएको छ । पूर्व मन्त्री समेत रहेका नेता बस्नेत सिन्धुपाल्चोकमा ‘बाघ’ नेताका रुपमा परिचित छन् ।

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी तीन चरणमा अभियान चलाउने निर्णय गरेको छ । सोही अभियानलाई कार्यान्वयन गर्न कांग्रेसले नेता लामालाई प्रतिनिधि खटाएको हो ।

कांग्रेसले भदौ १० गतेदेखि शुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।

कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले सबै जिल्लामा नेताहरू खटाएर कांग्रेसका पक्षमा माहोल बनाउन निर्देशन दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्