काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जंगलमा पनि सिसी क्यामेरा राख्ने बताएका छन्।
बिहीबार अपराह्न सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन्। उनले सिसी क्यामेराको सहायताले नराम्रो काम गर्ने र अपराध गर्नेहरूलाई कारबाही चलाइने चेतावनी दिएका छन्।
मेयर साम्पाङले अहिले बगर क्षेत्रहरूमा वृक्षरोपण गर्ने र लागूऔषध विरुद्धको चेतना अभियान चलाइरहेका छन्।