• १ माघ २०८१, मंगलवार

लिखुको नारायणदेवी माविले पायो ५ करोडको अत्याधुनिक पक्की भवन


नुवाकोट: २०७२ को विनाशकारी भुकम्पले क्षति पुर्याएको पुरानो भवनबाट पठनपाठन गराउँदै आएको नारायणदेवी माध्यामिक बिद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको छ ।

 
लिखु गाँउपालिकाको वडा नम्बर १ बर्राफेदीमा रहेको विद्यालयलाई २० कोठे नयाँ पक्की भवन शनिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

विध्यालय भवन उद्धघाटन तथा हस्तातरण कार्यक्रममा लिखु गाँउपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले शिक्षा क्षेत्रको विकासको लागी पालिकाले अग्रस्थानमा रहेर कार्य गर्दै आईरहेको बताउनुभएको छ ।


शिक्षित समाज निर्माणको लागी शिक्षा अपरिहार्य रहेको बताउँदै अध्यक्ष श्रेष्ठले व्यक्ति, समाज हुँदै देश निर्माणको मुख्य मेरुदण्डनै शिक्षा रहेकोले लिखु गाँउपालिकालाई शिक्षित र सुसज्जित गाँउपालिका निर्माण अभियानमा लागेको बताउनुभएको छ ।

 

नारायणदेवी मावि, विनाशकारी भुकम्प

कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष सुभद्रा अधिकारीले सामुदायिक बिध्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिका र गाँउपालिकाका कर्मचारीको छोराछोरीलाई अनिबार्य रुपमा सामुदायिक बिध्यालयमा स्तरीय अध्ययन गराउनको लागी पहल जारी रहेको बताउनुभएको छ ।

भारत सरकारको ५ करोड रुपैयाँ आर्थिक सहयोगमा डाँफे कन्ट्रक्सन प्रालिले निर्माण गरेको पक्की भवनमा आधुनिक डेक्सबेन्चका साथै स्तरिय कक्षाकोठाहरु रहेका छन् । ५ सय भन्दा धेरै बिद्यार्थीहरु अध्ययन गर्दै आईरहेको नारायणदेवी माविको यसअघिको भवन पनि भारत सरकारकै आर्थिक सहयोगमा निर्माण गरिएको प्रधानाध्यापक हरिप्रसाद लामिछानेले जानकारी दिनुभएको छ । 

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराम ढकालको सभापतित्वमा भएको कार्यक्रममा लिखु गाँउपालिका वडा नम्बर १ का अध्यक्ष नरहरी पाण्डे, वडा नम्बर ३ का अध्यक्ष रामपुलामी मगर, वडा नम्बर ५ का अध्यक्ष बिश्व खतिवडा, नेपाली काँग्रेसका लिखु सभापति विनोद पाठक, श्रोत व्यक्ति महेश्वर पाण्डे, डाँफे कन्ट्रक्सन प्रालिका ठाकुरप्रसाद सिलवाललगायतको उपस्थिति रहेको थियो । 





प्रतिक्रिया दिनुहोस्