काठमाडौं : विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। उनले आइतबार साँझ बालकोट पुगेर ओलीसँग साढे २ घण्टा छलफल गरेको जनाएका छन्।
भेटमा आसन्न निर्वाचन, देशको राजनीति, भूराजनीति, विदेशी चासो, हस्तक्षेप, राजसंस्थाको आवश्यकतालगायत विषयमा कुराकानी भएको मिश्रले उल्लेख गरेका छन्।
‘आसन्न निर्वाचन, देशको राजनीतिरभूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नुपूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो,’ मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेखका छन्, ‘सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो– तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।’
भेटमा आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रुपैयाँको एक मुठ्ठी सिक्का ओलीले उपहार दिएको पनि मिश्रले उल्लेख गरेका छन्।