नुवाकोट : सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको पहलकदमिबाट नुवाकोटको पुरानो र हालको जिर्ण अवस्थामा रहेको बालाजु-रानिपौवा-त्रिशुली सडकखण्डको पुनर्निर्माण हुनेभएको छ।
आइतबार स्थलगत अनुगमनमा नुवाकोटको तिनपिप्ले पुगेका मन्त्री श्रेष्ठले शारदा प्रसाद अधिकारीको ठेक्का रद्द गराएर नयाँ टेण्डर प्रक्रियामा लगेको बताउनु भयो।
उक्त जिर्ण बनेको सडक १ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिएको पनि बताए। जसपा नुवाकोटका अध्यक्ष ईश्वर राउतको अनुरोधमा मन्त्री श्रेष्ठले २४ घण्टा भित्र शैलुङ कन्ट्रक्सनको ठेक्का रद्द गराएको बताउनु भयो ।
स्थानीय जनता ,राजनीतिकर्मी र मिडियासंगको साक्षात्कारमा आफुले यो सडक पुनर्निर्माणलाई तिब्रताका साथ अगाडि बढाउने समेत बताउनु भयो।