• २ फाल्गुन २०८१, शुक्रबार

सञ्जिव गुरुङ नुवाकोट १ ‘क’बाट प्रदेशसभा सदस्यमा सिफारिस

काठमाडौं : नेपाली कांग्रेसले युवा नेता सञ्जिव गुरुङलाई बागमती प्रदेशसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको छ । 

कांग्रेसको प्रदेश क्षेत्रीय समिति बैठकले नुवाकोट क्षेत्र नं १ को प्रदेशसभा ‘क’बाट गुरुङलाई प्रत्यक्षतर्फ खुला प्रदेशसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ४ का गुरुङ हाल नुवाकोट क्षेत्र नं १ तरुण दलका क्षेत्रीय सल्लाहकार हुन् । 

राजनीति सँगसँगै समाजसेवामा पनि सक्रिय रहेका गुरुङ आफ्नो क्षेत्रमा राम्रो पकड भएका युवा नेता मानिन्छन् । 

प्रदेश क्षेत्रीय समितिले संसदीय क्षेत्रीय समितिलाई नाम सिफारिस गरेको हो । अब संसदीय क्षेत्रीय समितिले जिल्लालाई र जिल्लाले प्रदेशलाई नाम सिफारिस गरेर पठाउने छ ।

No description available.




प्रतिक्रिया दिनुहोस्