• २२ मंसिर २०८१, शनिबार

स्वतन्त्र उम्मेदवारहरुले घोषणा गरे लौरो अभियान, काे-कहाँबाट लड्दैछन् ?

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् । 

ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजित एक समारोहबीच स्वतन्त्र तथा वैकल्पिक उमेदवारहरुको तर्फबाट साझा चुनाव चिन्ह लोरो राखेर साझा घोषणा पत्र र साझा उम्मेदवारका लागि अभियान घोषणा गरेका हुन् ।  

स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमा लडेका सुमन सायमीले अब काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । विद्या महर्जनले काठमाडौं -९ बाट उम्मेदवार हुने बताएकी छन् भने ई. रोहन कार्कीले काठमाडौं -२ तथा मधुसुदन पाठक ‘सिते बा’ले काठमाडौं-५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । 

साथै भीष्म राणा रुपन्देही -५ बाट, राजाराम तन्डुकार ललितपुर -३ बाट र दर्‍हो स्तम्भ लोकेन्द्र भक्तपुर -२ बाट चुनाव लड्ने भएका छन् । 





प्रतिक्रिया दिनुहोस्