• २ बैशाख २०८१, आईतवार

काठमाडौं ५ मा ‘सिते बा’ हाम्रो नेपाल पार्टीका उम्मेदवार

काठमाडौंः हास्य टेलिशृंखला सक्किगोनि का कलाकार मधुसूदन पाठक सिते बा ले आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा हाम्रो नेपाल पार्टी ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ को तर्फबाट उम्मेदवारी दिने भएका छन्।

हाम्रो नेपाल पार्टीको लौरो चुनाव चिन्ह लिएर ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ बाट मंसिर ४ गते हुने चुनावमा उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिन लागेका हुन्।

यो क्षेत्रबाट स्वतन्त्र उमेदवार विजय कंडेलले पनि उमेदवारी दिने घोषण यसअघि नै गरिसकेका छन् । यो क्षेत्रमा एमालेले पनि वरिष्ठ उपाध्यक्ष शंकर पोखरेललाई उठाउने निर्णय गरेको छ ।

बिहीबार ललितपुरमा हाम्रो नेपाल पार्टीद्वारा आयोजित ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ कार्यक्रममा पाठकले चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काठमाडौंमा सुमन सायमी संयोजक रहेको हाम्रो नेपाल पार्टीको उक्त अभियानले लौरो चुनाव चिह्न र घोषणापत्रमा चुनाव लड्ने बताएको छ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट युवा उद्यमी तथा समाजसेवी विजय कँडेलले स्वतन्त्र उमेद्वारी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्