• २४ मंसिर २०८१, सोमबार

दोस्रो एकदिवसीय क्रिकेटमा केन्याविरुद्ध नेपालकाे जीत

काठमाडाैं : केन्याविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट नेपालले हात पारेको छ। आज भएको खेलमा घरेलु टोली केन्यालाई १७ रनले हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै २–० ले जितेको हो।

जीतका लागि २३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ ओभर ३ बलमा अलआउट हुँदै २ सय १३ रनमा समेटियो। केन्याका लागि रकिप पटेलले सर्वाधिक ८१ रनको अर्धशतकीय पारी खेले।

यस्तै कोलिन्स ओबुयाले ३७ तथा नेल्सन ओधियाम्बोले २८ रनको योगदान गर्दा गेरार्ड मुथुईले २० रनको योगदान गरे।

केन्यालाई यस्तैमा समेट्ने क्रममा नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। यस्तै सोमपाल कामीले ३ तथा करण केसी, आदील अन्सारी र पवन सर्राफले समान १/१ विकेट हात पारे। यसअघि नैराेबी स्थित जिमखाना क्रिकेट रंगाशालामा टस जितेर ब्याटिङ थालेको नेपालले ४९ दशमलब २ ओभरमा अलआउट हुँदै २३० रन बनायो।

नेपालका रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेले। ९५ बलको सामना गरेका उनले ७ चौका प्रहार गर्दै ७८ रन बनाएर आउट भए। यस्तै देव खनालले ३७ तथा सोमपाल कामीले २६ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २५ रनको योगदान गरे। नेपाल र केन्या बीचको अन्तिम खेल आगामी सोमबार हुनेछ।





प्रतिक्रिया दिनुहोस्