• १६ चैत्र २०८०, शुक्रबार

नुवाकोटको किस्पाङ गाउँपालिकामा खुल्ला फुटबल प्रतियोगिता हुँदै

नुवाकोट: नुवाकोटको किस्पाङ गाउँपालिका १ स्थित भल्चेमा १ लाख ९१५ रुपैया राशीको दोस्रो भाल्चे खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । यस प्रतियोगिताको उप विजेता टिमले ४० हजार र सन्तोना टिमले २० हजार पाउने कर्मा मोक्तानले धादिङपोष्टलाई बताए ।

असोज ८ गते देखि सुरु हुने यस प्रतियोगित कग्यु मोन्लम युवा क्लबले किस्पाङले आयोजना गर्न लागेको हो ।

यस प्रतियोगितामा सहभागी हुन चाहने क्लवले भदौ १८ गतेदेखि असोज ५ गतेभित्र दर्ता टिम गरिसक्नु पर्ने आयोजक कग्यु मोन्लम युवा क्लबका कर्मा मोक्तानले बताए ।





प्रतिक्रिया दिनुहोस्