नुवाकोट । नुवाकोटको क्षेत्र नम्बर २ को प्रदेश ‘ख’मा नेकपा एमालेबाट प्रत्यक्षतर्फ सात जनाको नाम सिफारिसमा परेको छ । शुक्बार भएको प्रदेश क्षेत्र समन्वय कमिटीको बैठकले सात जनाको नाम सिफारिस गरेको हो ।
अध्यक्ष वस्तीका अनुसार अनुसार प्रत्यक्षमा केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना, प्रदेश कमिटी सदस्य आशामाया तामाङ र विजय लोप्चन, क्षेत्र नम्बर २ का संयोजक एवं जिल्ला कमिटी सदस्य हरि अधिकारी, नेताहरू काजिमान डंगोल, नवराज ओझा र मेघनाथ रिमालको नाम सिफारिस गरेको छ ।
त्यस्तै समानुपातिकमा रामचन्द्र अधिकारी र इन्द्र रिमालको नाम सिफारिस भएको छ ।