• २ फाल्गुन २०८१, शुक्रबार

‘बोरिस जन्सन बेलायतका सबैभन्दा खराब प्रधानमन्त्री’

लण्डन : अर्को हप्ता कार्यकाल सकिँदै गरेका बोरिस जन्सन बेलायतका सबैभन्दा खराब प्रधानमन्त्री ठहरिएका छन्। बजार अनुसन्धान कम्पनी इप्सोसले गरेको सर्वेक्षणका सहभागीले जन्सनलाई सर्वाधिक खराब प्रधानमन्त्री बताएका हुन्।

सर्वेक्षणमा उत्तरदाताहरूलाई दोस्रो विश्वयुद्धपछि बेलायतका प्रधानमन्त्रीहरूको कार्यसम्पादनको बारेमा सोधिएको थियो। सहभागी ४९ प्रतिशतले जन्सनको कामलाई कमजोर मानेका थिए। करिब ४१ प्रतिशत व्यक्तिले टेरेसा मे र ३८ प्रतिशतले डेभिड क्यामरुनको काम खराब भएको बताएका छन्। यो सर्वेक्षण अगस्त १९ देखि २२ तारिखसम्म गरिएको थियो।

विन्स्टन चर्चिललाई ६२ प्रतिशत मानिसले असल व्यक्तिको रूपमा वर्णन गरे र विश्वयुद्धका वेला चर्चिलले राम्रो काम गरेको बताए। इप्सोसका राजनीतिक अनुसन्धान मामिलाका निर्देशक किरन पेडलीले भने, ‘विन्स्टन चर्चिल हाम्रा प्रधानमन्त्रीहरूको सूचीमा शीर्ष स्थानमा छन्। मानिसहरूले उसले राम्रो काम गरेको ठान्छन्। चर्चिलपछि मार्गरेट थ्याचरलाई उनीहरूले उत्कृष्ट ठहर्‍याएका छन्। 

सहभागीले भने, ‘बोरिस जन्सन त्यो सूचीमा चौथो हुन पाए सन्तुष्ट होलान् तर खराब प्रदर्शनका आधारमा सूचीको शीर्ष स्थानमा हुन पाउँदा कम खुसी हुनेछन्।’ इप्सोसले गरेको सर्वेक्षणमा सहभागी करिब ३३ प्रतिशत जन्सनको कामप्रति सन्तुष्ट देखिए। टोनी ब्लेयरको काम ३६ प्रतिशत र मार्गरेट थ्याचरको कामबाट ४३ प्रतिशतले सन्तुष्ट भएको बताए। 





प्रतिक्रिया दिनुहोस्