नुवाकोट : नुवाकोटको बिदुर नगरपालिका ९ कोलनी स्थित चौतारीमा बस्ने बर्ष ३३ को सरोज श्रेष्ठले नगद रू ३,००,७५० (तिन लाख सात सय पचास,लु ३ च ५९१३ नं. को गाडीको विलबुक रअन्य कागजातहरु रहेको लेडिज ब्याग चौतारामा फेला पारी प्रहरी कार्यलयमा बझाएका थिए ।
प्रहरीले कार्यालयमा ल्याई झोला खोली हेर्दा सो झोला भित्र जिल्ला रसुवा आमाछेदुङ्मो गाउँपालिका वडा नं. ०१ बस्ने वर्ष ५० की फुर्सुङ तामाङ नाम उल्लेख भएको कागजातहरु फेला परेको र तत्कालै सम्बन्धित ब्यक्तीलाई जानकारी गराई जिल्ला प्रशासन कार्यालय नुवाकोटका सुचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्याल तथा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित समेतले उक्त नगद तथा सामानहरु सम्बन्धित ब्यक्तीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।