नुवाकोट: नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा गैर सरकारी संस्था कनेक्ट अल नेपाल (क्यान) को आयोजनामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
उक्त सचेतनामुलक कार्यक्रम दुप्चेश्वरको रूकमणिका माध्यमीक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुसँग सामाजिक सञ्जालकाे दुरुपयोगबाट पर्ने असर, आजको समाजमा बढी मोबाइल फोनको प्रयोगबाट मानिसमा परेको मानसिक तथा सामाजिक असर साथै चेलिबेटी बेचबिखन सम्बन्धि सचेतनात्मक अन्तरकृया गरिएको थियो।
उक्त सचेतनामुलक कार्यक्रमका विद्यालयका शिक्षकहरुले समन्वय गरेका थिए।