रसुवा : रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नवराज जैसीद्वारा श्रावण २४ गते बेत्रावती धुन्चे सडकको बनुवा घुम्तीमा गएको पहिरोको अनुगमन गरेको छ।
पहिरो रोकथाम तथा सडक पुनर्निर्माणको कतिको प्रगति भएछ भन्दै प्रजिअ जैसीले भदौ २२ गते स्थलगत अनुगमन गरिएको हो ।
पहिरो रोकथामको काम करिब ५० प्रतिशत काम सकिएको र भाद्र मसान्त पश्चात् सवारी आवागमन सुचारु हुने बताइएको छ ।
डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख अमृत मणि रिमाल,पूर्वाधार कार्यालय नुवाकोटका प्रमुख लगायत उतरगया गाउँपालिका वडा नम्बर ५ नम्बर का वडा अध्यक्ष सहित प्रजिअ को टोली सो सडक खण्डमा स्थलगत रूपमा सडकको भौतिक प्रगति बुझेका थिए ।
सडक दसैँ सम्ममा खुलाउने गरी काम भइरहेको बताउँदै पूर्ण रूपमा यातायात आवतजावत हुने निर्माण व्यवसायीहरूको भनाई रहेको छ।