नुवाकोट: देशभर डेङगुका बिरामी फेला परेको अवस्थालाई मध्यनजर गर्दै विदुर नगरपालिकाले डेङ्गु नियन्त्रण अभियान सुरु गरेको छ।
नगरपालिकाको स्वास्थ्य शाखाले डेङगुको संक्रमणलाई रोकथाम गर्नको लागि अभियान सुरु गरिएको हो ।
महामारीको रुपमै फौलिएपछि अहिले डेङगुका संक्रमीत जतातै भेटिन थालेका छन । डेङगु नियन्त्रण गर्नका लागी विदुर नगरपालिकाले शुक्रबारबाट सचेतना सहित लार्भा नष्ट गर्ने अभियान समेत सुरु गरेको छ ।
विदुरबाट सुरु गरिएको यो अभियानको शुभारम्भ नगर प्रमुख राजन श्रेष्ठले गरेका थिए।
अभियानमा विभिन्न खाल्डाखुल्डि क्षेत्रमा गएर काम नलाग्ने प्लास्टिक व्यवस्थापन र सरसफाइ गरिएको नगरपालिकाले जनाएको छ ।
प्रयोगबिहिन टायरलाई प्लास्टिक अन्य बस्तुहरुले अव्यवस्थित बनाई पानी जमाएर राखीने भएकोले त्यहाँबाट डेङगु फैलन सक्ने भन्दै त्यस्ता बस्तुहरुलाई सरसफाइ गरि व्यवस्थापन गर्ने अभियान सुरु गरिएको हो।
बढ्दो डेंगु रोगको संक्रमणलाइ मध्यनजर गर्दै उच्च जोखिम क्षेत्रमा रोगको संक्रमण फैलिन नदिन लार्भा नष्ट अभियान नगर प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा वोगटी, प्रमुख प्रशासकीय अधिकृत, समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधिहरू स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, स्वास्थ्य स्वयंसेविका, नगरपालिका कर्मचारीहरू लगायतकाे सहभागीता रहेको थियो।