काठमाडौं: नेवारीहरुको महान चार्ड इन्द्रजात्रा तथा इन्द्रदह स्नान मेलाको अवसरमा चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोक स्थित इन्द्रदहमा प्राथमिक स्वास्थ्य शिविर आयोजना गरिएको छ।
नेपाल नेशनल अस्पताल कलंकीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ६ सय जनाले स्वास्थ्य सेवा लिएको शिविरका आयोजक तथा काठमाडौं क्षेत्र नम्बर ९ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उमेदवार सुनिल रिजालले जानकारी दिए।
समाजसेवीका नाममा आफ्नो छवि कमाएका रिजाल विभिन्न समयमा विगत लामो समयदेखि नै स्वास्थ्य शिविर लगायतका सामाजिक काममा सक्रिय छन्। उनले आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उमेदवारी घोषणा गरेका छन्।