नुवाकोट: सरकारले १० वटा निर्माण कम्पनीलाई डेढ वर्षसम्म कालोसूचीमा राखेको छ।
नुवाकोटको तादि गाउँपालिका स्थित खरानिटारको अमर ज्योति प्राविधिक माध्यमिक विद्यालयको सिफारिसमा काठमाडौंको ठेकेदार कम्पनी कालोसूचीमा परेको छ।
अमर ज्योति प्राविधिक माध्यमिक विद्यालयको सिफारिसमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १ को श्री रोज कन्ट्रक्सन क कालो सुचीमा परेको हो।
रमेश कुमार तामाङ मुख्य व्यक्ति रहेको उक्त कन्ट्रक्सनलाई १ बर्षको लागि कालो सुचीमा राखिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सोमबार सूचना प्रकाशन गर्दै कालोसूचीमा पर्ने १० वटा कम्पनी र ठेकेदारको नाम सार्वजनिक गरेको हो।