धादिङ : पछिल्लो समय धादिङ अस्पतालको अवस्थामा भएको सुधार उल्लेखनीय रहेको छ ।
रुबिभ्याली गाउँपालिकाबाट पालिका स्तरमा सहकार्य गरि दोहोरो समन्वयको आधारमा धादिङ अस्पताल र सम्बन्धित पालिकाहरुबीच सेवा आदानप्रदान गर्ने कार्य प्रारम्भ भएको छ ।
निकै कठिनाइ पश्चात् मात्र अस्पतालका सेवाहरूमा विस्तार भएको छ ।
अस्पतालको ३ बेड क्षमताको आकस्मिक कक्षलाई बिस्तार गरि १२ बेड संचालन गरिएको छ । ३० बेडको अन्तरङ्ग सेवा, एक्स रे मा डि आर सेवा, आइ सि यु स्थानान्तरण गरि डाइलासिस र आ सि यु सेवा संचालनको प्रबन्ध गरियो ।
डा. मधुकर आएपछि अस्पतालमा प्रशुती कक्षको बिस्तार गरि २४ सै घन्टा अप्रेसन सहितको जटिल प्रशुती सेवालाई निरन्तरता दिइएको छ ।
त्यससँगै सुत्केरीका लागी रिफर हुने महिलाहरूको संख्या शून्य भएको हो । साथै कोभिड १९, डेङ्गु ज्वरो, स्क्रब टाइफस, लेप्टो स्पाइरोसिस लगायत मौसमी रोग तथा महामारी जन्य रोग ब्यबस्थापन सङ्गै पुर्ण क्षमता बेड संचालन र भर्ना बेडको अभाव बिच पर्याप्त सेवा प्रदान गरिएको छ ।
अक्सिजन रिफिलको साथै पान्ट देखि बेड सम्म सिधै अक्सिजन बितरण हुने व्यवस्था गरिएको छ ।
रगतको सुगर परिक्षण सेवा HbA1c , थाइराइड , Serum B-hcg, Hormonal जाँच, (स्त्रीरोग , हाडजोर्नी, जनरल सर्जरी, रेडियोलोजी, मानसिक रोग) जस्ता रोगहरूमा आकस्मिक मेडिसिन र आकस्मिक सेवा गरी २४सै घण्टा मेडिकल अधिकृत सेवा र विशेषज्ञ सेवाको बिस्तार गरिएको छ ।
२०७९/५/२२ बुधवारदेखि धादिङ अस्पतालमा पहिलो पटक रेडियोलोजिस्ट चिकित्सक द्दारा रेडियोलोजी सेवा सुरू गरिएको हो । हाडजोर्निको अप्रेसन पनि सहज तरिकाले गरिन्छ ।
आजसम्म गरी छैटौं डाइलासिस सेवा प्रदान गरिएको छ । विद्युतको बारम्बार हुने गरेको समस्या न्यूनीकरणकै लागि १०० के भि को बैकल्पिक जेनेरेटरको व्यवस्था गरिएको हो । र अहिलेको सबै बेड मा मनिटर रहेको छ । ‘अहिले अस्पतालको अवस्था धेरै सुधार भएको हो’, डा. मधुकर दाहाल भन्नुहुन्छ, ‘अस्पतालले विकासको छलाङ मारेको देख्दा अस्पतालकै कर्मचारीले डाहा गर्छन् ।’