नुवाकोट: नुवाकोटको तादी गाउँपालिकामा गैर सरकारी संस्था कनेक्ट अल नेपाल (क्यान) को आयोजनामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
तादीको अमरज्योति माध्यमीक विद्यालयमा आयोजना गरिएको उक्त सचेतनामुलक कार्यक्रममा विद्यार्थीहरुलाई आत्म विश्वास के हो?, आफैंमा विश्वास गर्नुहोस् ?, आँखा सम्पर्कबाट कुरा गर्नुहोस् ? आफ्नो पोशाकमा ध्यान दिनुहोस्? आफैंलाई स्वीकार गर्नुहोस्? जोखिम लिनुहोस् ? अरूसँग तुलना नगर्नुहोस्? असम्भव केहि छैन? भन्ने बिषयमा अन्तरकृया गरिएको थियो।
उक्त सचेतनामुलक कार्यक्रमका विद्यालयका शिक्षकहरुले समन्वय गरेका थिए।