काठमाडौं : २०४६ सालको जनआन्दोलनका कमाण्डरको रुपमा परिचित नेपाली कांग्रेस पाल्पाका नेता विजयराज घिमिरेको गएराति ५४ वर्षको उमेरमा निधन भएको छ।
जनआन्दोलन २०४६ का जिउँदा सहिदको रुपमा परिचित घिमिरे लामो समयदेखि आन्द्राको क्यान्सरबाट पीडित थिए। घिमिरेको उपचारको क्रममा मेडिसिटी अस्पताल काठमाडौँमा निधन भएको परिवारले जनाएको छ। उनी पाल्पाको विकासको लागि सक्रिय, निडर, स्पष्ट व्यक्तिको रुपमा चिनिन्थे।
घिमिरेको पार्थिव शरीरलाई आज दिउँसो १ बजे अन्तिम श्रद्धाञ्जली पश्चात् पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ। घिमिरेको श्रीमतीसहित दुई छोरा र १ छोरी छन्।